अवैध सामान बरामद

झापा ।
झापाको मेचीनगर नगरपालिका–८ बाट प्रहरीले अवैध सामानहरु बरामद गरेको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको पुरानो गोठमा वेवारीसे अवस्थमा रहेको करिव २० लाख मुल्य बरावरको कपडा र मोटर पार्टस बरामद गरेको हो ।

बरामद भएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको छ ।