फरार प्रतिबादी पक्राउ

बिराटनगर ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रहरी टोलीले चोरी मुद्धाको एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहारी उप–महानगरपालिका–४ का १९ बर्षीय शिवनाथ ठाकुर रहेका छन् ।
चोरी मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७९ बैशाख ०६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ९ दिन कैद सजाय तोकी फरार रहेका ठाकुरलाई गाउँ घरमा नै लुकिछिपि बसेको अवास्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका ठाकुरलाई कैद भुक्तानको लागि झुम्का कारगार पठाईएको प्रहरीले जनाएको छ ।