पथरी मिनि महोत्सवमा आज मेलीना राइले प्रस्तुति दिने

पथरी / मोरङको पथरीमा जारी पथरी मिनि महोत्सवमा आज (बुधवार) गायीका मेलीना राईले प्रस्तुति दिने भएकी छिन् । महोत्सवको चौथो दिन आज गायीका मेलीना राईको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

आइतवारबाट सुरु भएको महोत्सव २० दिन चल्नेछ । जसमा अन्य राष्ट्रिय कलाकारहरुको पनि दैनिक प्रस्तुति रहने आयोजकले बताएको छ । ‘हाम्रो गाउँ, आफैँ बनाउँ’ भन्ने मुल नाराका साथ पथरी बजारको जाँतेमोडस्थित खेलमैदानमा चलिरहेको महोत्सवको आयबाट पथरी बजार आसपासका क्षेत्रमा सिसि क्यामरा जडान गर्ने आयोजकले जनाएको छ । सुनाखरि युवा क्लवद्धारा सञ्चालित उक्त महोत्समा दर्शकले सांगितीक प्रस्तुतिका साथै रोटेपिङ लगायत अन्य मनोरञ्जनको सुविधा लिन सक्नेछन् ।