पढ छोरी

आमा भन्छिन त पढ छोरी बरू म ऋण खोज्छु
त हिँड सजिलोको बाटो म अफ्ठ्यारो रोज्छु
छैन कैले चयन र निन्द्रा उनलाई
भन्छिन बाँचुन्जेल तेरा लागि जे दुःख नी भोग्छु ।

हाम्रो भोलिका निम्ती आज निदाउन सक्दैनौं
पीडा छ मनमा अथाह तर देखाउन सक्दैनौं
मेरो हिस्सामा पनि परोस न त दुःखको कोसेली
गोदाम बनाएर राखेका पीडाका थुप्रा देखाउन सक्दैनौ।।

घरमा चामल सकियो आफन्तको बोलचाल सकियो
तिम्रो अभावका दिनमा नजिकका मान्छेको बोली सकियो
तर यो महसुस सम्म हुन दिएनौ हामीलाई
कराईले तेल खोज्यो यता नुन सकियो ।।

आउँछ पक्कै त्यो दिन हाम्रा घरमा पनि बहार बोकेर
जिन्दगी यसै कहाँ कट्दो रहेछ र दलानमा निधार ठोकेर
सुख दुःख आधा आदि भन्छन् त सबै
प्रत्यक पाइला चल्ने छन आमा केवल तिम्रा खुशी सोचेर ।।

मोनिका आचार्य




Leave a Reply

Your email address will not be published.