काठमाडौँ / मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट निर्वाचित भएका डा. शुनिल शर्मा भागवत गीतासहित संसद भवनमा प्रवेश गरेका छन् । बिहिबार भएको संसद भवन नयाँ बानेश्वरमा हुने शपथ ग्रहण कार्यक्रममा शर्मा भागवत गीता लिएर गएका हुन् ।
पछिल्लो समय नेपाली राजनीतिमा झुट र भष्टचार मैलाएको तथा सत्य र भष्टचाररहित राजनीतिलाई प्रसयदिन गीता बोकेर आफु संसद प्रवेश गरेको उनले बताएका छन् । यसअघि निर्वाचन प्रसार प्रसारको बेला उनले संसदको तलव भत्ता समेत नलिने घोषणा गरेका थिए ।