८ दिनदेखि पथरी बहुमुखी क्याम्पसमा ताला, क्याम्पस प्रशासन मौन

पथरी / मोरङको पथरीशनिश्चरे वडा नं १ स्थित पथरी बहुमुखी क्याम्पसमा ताला लगाइएको ८ दिन वितिसक्दा पनि हालसम्म खुल्न सकेको छैन । शुल्कबृद्धिको विरोध गर्दै ने.वि.संघले गत २७ गते क्याम्पस प्रशासनमा ताला लगाएको थियो ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले यसअघि बार्षिक १८ हजार १०० रुपैया तिर्दै आएका थिए । हाल क्याम्पस प्रशासनले शुल्क बृद्धि गरि २४ हजार ५ सय रुपैयाँ बनाएको छ । क्याम्पसमा अध्ययनरत कतिपय विद्यार्थी ग्रामिण क्षेत्रबाट अध्ययनका निम्ति कोठाभाडामा बसेका समेत छन् । शुल्कबृद्धिको विरोध गर्दै ने.संघले क्याम्पस प्रशासनमा ताला लगाएपनि हालसम्म विद्यार्थीको माग सुनुवाइको लागि कुनै प्रतिकृया नदिएको भन्दै विद्यार्थीहरुले गुनासो गर्ने गरेका छन् ।