सुन्दरीचोकमा विरेन्द्रनगर शाकोसको सेवाकेन्द्र उद्घाटन

पथरी / बिरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले सेवा बिस्तार गर्ने क्रममा सोमबार बाट सुन्दरीचौकमा सम्पर्क कार्यालय सुरु गरेको छ । पथरीशनिश्चरे ३ मा रहेको सहकारीले आफ्नो तेश्रो सेवाकेन्द्र बिस्तार गर्ने क्रममा सुन्दरी चौक बाट सेवा सुरु गरेको हो । पथरीशनिश्चरे ३ र ५ तथा उर्लाबारी ८ का सेवाग्राहिलाई बैकिङ कारोबार सहज होस भनेर सेवा सुरु गरिएको सहकारीका सचिव कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सहकारीको सेवा बिस्तार गर्नुका साथै प्रभाबकारी सेवा सेवाग्राहिलाई दिन सुन्दरीचौक बाट सेवा सुरु गरिएको उदघाटन कार्यक्रममा सहकारीका अध्यक्ष देवि दंगालले जानकारी दिनु भयो ।संस्थाले सो सम्पर्क कार्यलय बाट बचत संकलन र ऋण प्रबाह गरिने उदघाटन समारोहमा जानकारी दिइयो । सहकारीले बोक्रे चौक र पिपल चौकमा सेवाकेन्द्र बाट र बिरेन्द्रनगरमा केन्द्रीय कार्यालयबाट बैकिङ कार्य गर्दै आएको छ ।