पथरीमा मिनि महोत्सव लाग्ने

पथरी / मोरङको पथरीशनिश्चरे–१ मा मिनि महोत्सव लाग्ने भएको छ । सुनाखरी युवा क्लवको आयोजना र फुलबारी समाज तथा भुल्के समाजको सह आयोजनामा पुस ३ गतेबाट महोत्सव लगाउने तयारी गरिएको पत्रकारसम्मेलन मार्फत आयोजकले जानकारी गराएको छ ।

पथरीको जाँते मोड स्थित फुटबल मैदानमा पुस ३ गतेदेखि २० दिनसम्म लाग्ने मिनी महोत्सवमा गायक राजेशपायल राई, एलिना चौहान, मेलिना राई, सुगम पोख्रेल लगायतका राष्ट्रिय कलाकारका साथै स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथै रोटेपिङ, बालबालिकालाई मनोरञ्जन दिन विभिन्न खेल सामाग्री रहने आयोजक समितिका मनि लुम्फूवा लिम्बूले बताए ।

पथरी बजारको विभिन्न स्थानमा सडक लाइट र नपुगेको स्थानहरुमा सीसी टिभी क्यामरा राख्ने लगायतका उद्देश्य राखेर महोत्सव लगाउन लागिएको आयोजकले जानकारी दिएको छ । महोत्सवबाट संकलित रकमबाट सुनाखरी चोक, भुल्के, फुलबारी चोक, किराँत मार्ग लगायतमा सडक बत्ती जडान र विभिन्न छ स्थानमा सीसी क्यामरा जडान गर्ने योजना रहेको आयोजक समितिको सचिव विकास राईले बताए ।

पत्रकार सम्मेलनमा महोत्सवको ठेक्दार पर्वत लामा, स्थानीय युवाहरु देव साम्पाङ, दिपेश थापा, जोन सुब्बा लगायतको उपस्थिति रहेको थियो । पथरीशनिश्चरेको शान्तिसुरक्षामा देखिएको चुनौति र कोरोनाकालको लकडाउनका कारण बिगत केहि बर्षयता मेला महोत्सब लाग्न सकेको थिएन् ।