मेलमिलापकर्ताहरुको आधारभूत तालिमको समापन

पथरी / पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिबाट सुचिकृत मेलमिलापकर्ताहरूको तीन दिने आधारभूत तालिमको बुधबार समापन भएको छ । पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिको आयोजना भएको तीन दिने तालिममा वडाका मेलमिलापकर्ताहरुको उल्लेख्यनीय उपस्थिति रहेको थियो ।

मोरङको लेटाङमा स्थापित कृषि विकास बैंक तालिम केन्द्रमा सोमबारदेखि भएको तालिममको समापन कार्यक्रमको अध्यक्षता नगरपालिका उप–प्रमुख तथा न्यायिक समितिका संयोजक देवीमाया काफ्ले रहनुभएको थियो । प्रमुख अतिथिको रुपमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले तालिममा सहभागीलाई प्रमाण–पत्र र सहजीकरण गर्नुहुने प्रशिक्षकलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रममा सहभागीहरुको तर्फबाट कोपिला रिजाल र वीरबहादुर कार्कीले आफ्ना अनुभव शेयर गर्नुभएको थियो । यस्तै कार्यक्रमको प्रतिवेदन छत्रबहादुर लिम्बु र मूल्यांकन प्रतिवेदन कल्पना श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । समापन कार्यक्रममा वडा नं। १० का अध्यक्ष जीवन खतिवडा, नगरका कानूनी सल्लाहकार दीपक राई, पूर्व न्यायिक समिति सदस्यद्वय पर्शुराम न्यौपाने र दुर्गाप्रसाद सिटौला लगायतको उपस्थिति रहेको थियो ।

तालिममको सहजीकरण अधिवक्ताद्वय वीरेन्द्रकुमार बस्नेत, मेघराज न्यौपाने र वरिष्ठ अधिवक्ता गणेशराज लुइटेलले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन÷सञ्चालन उजुरी प्रशासक तथा नगरका कर्मचारी विश्मणि निरौलाले सम्हाल्नुभएको थियो ।