देउसीको रकमले बिद्यालयका लागि जग्गा खरिद

बेलबारी । मोरङको बेलबारीमा एउटा युवाहरुको समुहले तिहारमा देउसी खेलेर जम्मा भएको रकमले एक बिद्यालयका लागि जग्गा खरिद गरेका छन । बेलबारी १ मा रहेको भानु मेमोरियल शैक्षिक सार्बजनिक स्कुल (गुठी)का पुर्व विद्यार्थीहरुको समुहले देउसी खेलेर जम्मा भएको रकमले बिद्यालयका लागि जग्गा खरिद गरेका हुन ।

युवाहरुको समुहले देउसी भैलो २०७९ कार्यक्रम बाट बचत भएको रकम र केही थप रकम जम्मा गरेर (गुठी) परिसर संगै जोडिएको १ कठ्ठा ५ धुर जग्गा खरिद गरेका हुन ।
गर्न देउसी भैलो २०७९ कार्यक्रम बाट बचत भएको रकममा अपुग रकम थप गरेर ३ लाख नगद जम्मा गरी बाँकी ७ लाख ३० हजार रुपैयाँ चन्दा दाताहरुले सहयोग गरि जग्गा खरिद गरिएको छ ।

जग्गा खरिदका लागि बेलबारी १ की (संस्थापक गुठियार) लक्ष्मी राईबाट नगद १ लाख भानु स्कुलका पुर्व बिद्यार्थीहरु ६ लाख तीस हजार गरी जग्गा खरिद गरिएको हो । जसमा बेलबारी ४ निबासी एलायन्सका प्रमुख सल्लाहकार दिनुप पराजुली,बेलबारी ४ निबासी स्टुडेन्ट एलायन्सका सल्लाहकार अनुप पराजुली, सुन्दरहरैचा खोर्सानेका अमेन्द्र श्रेष्ठ,बिराटनगर निबासी धिरज चौधरी,एलायन्सका अध्यक्षका बेलबारी १ निबासी सुशील कटुवालले रकम संकलन गरेको एलायन्सका सचिब सञ्जिब कटुवालले जानकारी दिए ।