मनकामना सामुदायीक बनको १४ औँ साधारणसभा सम्पन्न

पथरी / पथरीशनिश्चरे वडा नं १ मा स्थापित मनकामना सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारणसभा सभा सम्पन्न भएको छ । मंगलबार भएको सो साधारणसभाका प्रमुख अतिथि वडा नं । १ का वडाध्यक्ष भीमकुमार राईले वडामा रहेका विवादरहित सामुदायिक वनहरूलाई वडाले सक्ने सहयोग गर्ने बताउनुभएको छ ।

साधारणसभामा सचिव स्मृता राईले प्रगति प्रतिवेदन, कोषाध्यक्ष यामबहादुर चोङबाङले आर्थिक प्रतिवेदन र अध्यक्ष दिनेश राईले भावी योजना र नीतिबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रममा सुन्दर सामुदायिक वनका अध्यक्ष मानबहादुर पाठक, सुनाखरी माविका वि.व्य.स अध्यक्ष प्रदिपकुमार राई, वन फरेस्टर प्रदिप कुँवर, ओमप्रकाश राई र सामुदायिक वन उपभोक्ता महासंघ नगर अध्यक्ष रविन्द्र राईले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जेष्ठ उपभोक्ताहरुलाई सम्मान पनि गरिएको थियो ।