सेनामा लगाई दिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

पथरी / भारतीय सेनामा लगाई दिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरीशनिश्चरे ३ बस्ने वर्ष ४२ नरेन्द्र पाख्रिन तामाङले भारतीय सेनामा लगाई दिन्छु भनी विभिन्न स्थानका युवाहरुलाई ठगी गरेको आरोपमा प्रहरीले सोमबार उनलाई पक्राऊ गरेको हो ।

सेनामा लगाइदिन्छु भन्दै पाख्रिनले जनही ५/८ लाखसम्म ठगी गरेको जाहेरी परेपछि अभियुक्त तामाङलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएस्पी वेदप्रसाद गौतमले बताए । गौतमका अनुसार पाख्रिनलाई ठगी कसुरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पथरीको हिरासतम राखिएको छ ।