पथरीशनिश्चरे १० मा सहभागितामुलक ग्रामीण लेखाजोखा कार्यक्रम

पथरी / मोरङ पथरीशनिश्चरे वडा नं। १० मा एक दिने सहभागितामूलक ग्रामीण लेखाजोखा (पि.आर.ए) कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीहरुको साथमा छलफल साथै अन्तरक्रिया पनि गरिएको थिो । कार्यक्रममा नगर लघु उद्यम विकास शाखा संयोजक सपना कार्की, कार्यपालिका सदस्य मिनाकुमारी तामाङ, वडा सदस्य विरबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो ।