सङ्खुवासभामा रुख काट्ने क्रममा एक जनाको मृत्यु

सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा रुख काट्ने क्रममा एक जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा सभापोखरी–२ विप्लप गैरीगाउँका ४० वर्षीय खड्गबहादुर तामाङ रहेका छन । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालका अनुसार जङ्गलमा दाउराका लागि उत्तिसको रुख काट्ने क्रममा त्यही रुखले लागेर उहाँको ज्यान गएको हो ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दुरीमा पर्छ ।