नेपालले साफ यू१५ उपाधि जित्ने सम्भावना बलियो

बंगलादेशमा जारी साफ यू१५ महिला च्याम्पियनसिपमामा नेपालले लगातार तेस्रो जित निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
भुटानमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै नेपाल शीर्षस्थानमा रहँदै उपाधि नजिक पुगेको हो ।
बंगलादेशको ढाकास्थित बी एस एस एस एम के स्टेडियममा बुधबार भएको खेलमा नेपालको जितमा सेनु परियारले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।
उनले ४९औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् ।

राउन्ड रोविन लिगको पहिलो खेलमा ७–० को फराकिलो जित निकालेपनि नेपालले दोस्रो खेलमा भुटानको बलियो रक्षापङ्ति चिर्न नसक्दा कम गोलअन्तरमा रोकिन पुग्यो ।
यस जितसँगै नेपालको ३ खेलबाट ९ अंक पुगेको छ । समान खेलबाटै बंगलादेशको ६ अंक छ । लगातार चौथो खेलमा हार भोगेको भुटान गोल र अंकविहीन हुँदै बाहिरिएको छ ।

अब नेपाललाई च्याम्पियन बन्न राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशविरुद्ध बराबरीको नतिजा नै पर्याप्त हुनेछ । नेपाल र बंगलादेशबीचको खेल शुक्रबार हुनेछ ।
३ राष्ट्र सहभागी यस प्रतियोगिता डबल राउन्ड रोबिन पद्दतिमा भइरहेको छ । लिगको अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिता जित्नेछ ।