भोजपुरमा आगलागी हुँदा बालकको मृत्यु

भोजपुरको घोडेटारमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक बालकको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
हतुवागढी गाउँपालिका–५ शान्त कुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उहाँका ६ वर्षीय छोरा आयुष राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
आगलागीमा परि राईकी श्रीमती र छोरा घाइते भएका थिए । बालकको उपचारका क्रममा धरान घोपा क्याम्पमा ज्यान गएको हो ।
उनीहरुलाई घोडेटार प्रास्वाकेमा प्राथमिक उपचार गराइएको थियो । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।