भानुभक्तलाई डबल मतान्तरले जित्ने शर्माको दावी

बेलबारी ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरुले घरदैलो अभियानलाई तिब्रता दिन थालेका छन । मोरङको क्षेत्र नं ३ का काँग्रेस, एमाले, राप्रपाले वडा तथा टोल टोलमा पुगेर आफ्ना प्रतिवद्धताहरु मतदाताहरुसँग राख्दै आएका छन ।

नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उमेद्वार डा. सुनिल शर्माले बेलबारी वडा नं १ मा कोडसभा गरी मतदाताहरुसँग मत मागेका छन । १ नं वडाको सब्जी हटिया, धिमालको माहाराजथान, नक्सलको थापा चौक र बरडाँगी गरी ४ ठाउँमा कोडसभा गरी शर्माले मत मागेका छन । स्वास्थ्य क्षेत्रलाई भन्दा खोलाको तटबन्धन, सुकुम्बासी समस्यालाई बढी जोड दिदै शर्माले मतदाताहरुसँग मत माग्दै आएका छन ।

शर्माले बेलबारी १ मा लाग्ने पुर्वकै सबैभन्दा ठुलो मानिने साप्ताहिक सव्जीबजार अब्यवस्थित हुदै गएको, बजारलाग्ने स्थान सार्दै गर्दा व्यापारीको संख्या समेत घट्दै गएकोमा चिन्ता व्यक्त गरे । स्थानीय सरकारले व्यवस्थित गर्नुपर्ने भएपनि नगरेकाले बजार लथालिंग अवस्थामा पुगेको र अब आफुले बजारलाई पुरानै ठाउमा व्यबस्थीत गरी पुर्वकै नमुना बजार बनाउने शर्माले बताए ।
हरेक बर्ष लोहान्द्रा, चिसाङ र डाँस खोलाले हजारौ बिगाहा जमिन कटान गर्दापनि यस क्षेत्रबाट जितेर गएका नेताले रमितेमात्र बनेको र केहि काम नगरेको शर्माले बताए ।

शर्माले लोहान्द्रा खोलाको तटबन्धन र २ बर्ष भित्रमा सुकुम्बासीहरुलाई धनिपुर्जा वितरण गर्ने प्रतिबद्धता गरेका छन ।
यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका नेकपा एमालेका उमेद्वार भानुभक्त ढकालले दुई तिहाई नजिकको सरकारको मन्त्री हुँदा पनि क्षेत्रमा कुनै विकासका योजनाहरु नहालेको र कोभिडको समयमा समेत जनतालाई स्वस्थ्य सेवा दिनुपर्नेमा मृत्युसँग जुधिरहेका जनताको औषधि खरिदमा अरबौ रुपैयाँ कमिसन खाई भ्रस्टचार गरेका ढकाले यस क्षेत्रमा मत माग्ने अधिकार समेत नरहेको शर्माले बताए ।

ढकालले ३ नं क्षेत्रका जनतालाई फुस्रो आस्वासन मात्रै दिएर २०७४ सालमा प्रतिनिधिसभा सदस्य जित्दा पनि यस क्षेत्रको जनतामा कुनै पनि किसिमको काम नगरी काठमाण्डौमा बसेका तर आफुले चुनाव हारेपनि यस क्षेत्रको स्वास्थ्य, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा लागिपरेको शर्माको भनाई रहेको छ ।

यस क्षेत्रका जनताको घरदैलोमा आफु पुगेकाले झुपडी देखी महलसम्मका मतदाताले चिन्ने भएकाले डबल मतान्तरले चुनाव जित्नेमा आफु ढुक्क रहेको शर्माले बताए ।

केहि राजाबादी शक्तिका उमेद्वारहरुले चलचित्रको अभिनयमा जस्तो सजिलै जनतालाई झुक्याउन खोजेपनि ३ नं क्षेत्रका मतदाताले गठबन्धनमा मतदान गर्ने र कलाकारहरुको जमानत जफत हुने पनि शर्माले दावी गरे ।