बेलबारी गोल्डकप : राजारानी सेमिफाईनल प्रवेश

राजारानी फुटबल क्लब धनकुटा मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा जारी पाँचौ बेलबारी बुद्ध एअर अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा पुगेको छ । आइृतबार युनाईटेड ब्रर्दश कालिम्पोङ भारतलाई ४–० ले पराजित गर्दै धनकुटाले अन्तिम चारमा स्थान बनाएको हो ।

कालिम्पोङ खेलबाट बाहिरिएको छ ।
सोमबारदेखि सेमिफाइनल खेल हुनेछन् । पहिलो सेमिफाइनलमा सोमबार आयोजक डाँगीहाट युथ क्लब र शशस्त्र प्रहरी बल एपीएफ फाइनलमा पुग्नका लागि भिड्नेछन् । आइतबारको बिजेता राजारानीले दोस्रो सेमिफाइनलमा सिराहा सँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल कार्तिक २५ गते हुनेछ । प्रतियोगिताको बिजेताले ८ लाख र उपबिजेताले ४ लाख जित्नेछन ।

प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी छन् ।