बेलबारी गोल्डकप : सहलेस युबा क्लब सिराहा सेमिफाईनल प्रवेश

बेलबारी । सहलेस युबा क्लब सिराहा मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार एभिनियर फुटबल क्लब क्यामरूनलाई १ गोलका बिरुद्ध २ गोल गर्दै सिराहाले अन्तिम चारमा स्थान बनाएको हो ।
प्रतियोगितामा सनिबार साहारा क्लब पोखरा र शसस्त्र प्रहरी बल काठमाण्डौबिच
प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिता असोज २५ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने डाँगीहाट युथ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले बताए ।