पथरीशनिश्चरेमा संयुक्त लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धारको घरदैलो कार्यक्रम शुरु

रेखा गुरुङ । मोरङ क्षेत्र नम्बर ३ स्थित पथरीशनिश्चरे नगरपाकिलामा संयुक्त लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धारले घरदैलो कार्यक्रम शुरुवात गरेका छन् । आज (विहिवार) पथरीशनिश्चरे वडा नं १ को सुनाखरि चौकबाट गठबन्धनका उम्मेद्धारहरुको घरदैलो कार्यक्रम शुरु भएको हो ।

पथरीशनिश्चरे वडा नं १ को शुनाखरि चोकबाट शुरु भएको घरदैलो कार्यक्रम यलम्बर चोक,सब्जी बजार हुँदै फुलवारी चोक तथा वडा नं १० को आदर्शचोक, रिगुवा, मनकामना टोल, त्रिवेणी चोक हुँदै जिरिखिम्तीमा सम्पन्न भएको थियो । घरदैलोमा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्धार सुनिल शर्मा तथा समानुपातिक तर्फ नेपाली काङग्रेसका उम्मेद्धार बसन्त भट्टराई, नेकपा माओवादी नेतृ गिता तिम्सीना, नेकपा एकिकृत समाजवादीबाट मानवहादुर लिम्बु र कृष्णकुमारी विश्वकर्मा रहेका थिए । प्रदेशसभाका उम्मेद्धार शेखरचन्द्र थापा भने स्वास्थ्य स्थितिमा समस्या आएपछि उपचाररत भएका कारण उपस्थिति हुन सकीरहेका छैनन ।

घरदैलोका क्रममा बोल्दै संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार डा. सुनिल शर्माले मंसिरपछि बन्ने गठवन्धन सरकारले आगामी २ वर्षभित्र सुकुम्वासी भुमिहिनहरुलाई पहिलो चरणको धनिपुर्जा वितरण गरिसक्ने बताएका छन् । क्षेत्र नम्बर ३ को थपरेमा आयोजित कोणसभालाइ संबोधन गर्दै उम्मेदवार शर्माले आफूहरु आश्वासन दिने मात्र नभई काम गर्ने बताएका छन् । आफूले यसअघिको निर्वाचन जित्न नसकेपनि आफुले सकेजति र सक्नेजति काम गरेको भन्दै सांसद भएर संसद भवनमा गएपछि जनताले गुनासो गर्न नपाउने गरि काम गर्ने उनको भनाइ थियो ।

उम्मेदवार शर्माले यस क्षेत्रसहित देशभर गठवन्धनको जित निश्चित भइसकेका कारण मंसिरमा नयाँ सरकार बने लगत्तै जनतामाझ गरेका बाचा पूरा गर्ने सरकार, संसद र गठवन्धन आवद्ध दलहरु एक भएर लाग्ने बताए । मोरङ क्षेत्र नं ३ का मतदाताले यसपटक गठबन्धनका सबै उम्मेद्धारलाई मत दिए ७ जना सांसद सांसद पाउने स्मरण गराउँदै यो अवसरको सदुपयोग गरि सबैभन्दा धेरै सरकारी बजेट ल्याएर विकासको नमुना क्षेत्र बनाउने अवसर नगुमाउन आग्रह गरेका थिए ।