रोशन मादेम्बाको संयोजकत्वमा संयुक्त लोकतान्त्रिक बाम गठबन्धन युवा परिचालन समिति गठन

पथरी / प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा संयुक्त लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धारहरु जिताउने उद्धेश्यले पथरीशनिश्चरे नगरमा युवा परिचालन समिति गठन भएको छ । तरुण दलका नेता रोशन मादेम्बाको संयोजकत्वमा उम्मेद्धारहरु जिताउनका लागि उक्त समिति गठन भएको हो ।

आज (विहिवार) पथरीशनिश्चरे नगरमा गठित समितिमा नेपाली काङग्रेस, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीका २९ सदस्य रहनेगरि युवा परिचालन समिति बनेको हो । समितिले क्षेत्र नं ३ अन्तर्गत नगरका ८ वटै वडामा युवा परिचालन गरेर उम्मेद्धार जिताउन केन्द्रीत हुने छ ।