बेलबारी गोल्डकप : आयोजक सेमिफाइनलमा प्रवेश

बेलबारी । मोरङको डाँगीहाट युथ क्लब लक्ष्मीमार्गमा जारी पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको रोलिङ क्लब धुलाबारीलाई टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पन्छाउँदै आयोजक प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बिहिबार भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो ।

प्रतियोगितामा शुक्रबार सहलेस युथ क्लब सिरहा र क्यामरुनको एभिनीयर फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिता असोज २५ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी छन् ।

प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार पाउने डाँगीहाट युथ क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले बताए ।