३ जना फरार प्रतिवादी पक्राउ

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर बाट खटिएको प्रहरी टोलीले पशुपक्षीं सम्बन्धि कसूर मुद्धाका फरार प्रतिवादी ३ जनालाई पक्राउ गरेको छ ।

सुनसरी जिल्ला अदालतको मिति २०७। फाल्गुन १८ गतेको फैसला आदेशले जनही १ महिना २५ दिन कैद भई असुल गर्न बाँकी रहेका प्रतिवादी धरान उप–महानगरपालिका–३ सुनसरीका ३१ बर्षीय अनिश शाही, ३२ बर्षीय राजेश खड्गी र २८ बर्षीय आशिष खड्गीलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई कैद भुक्तानको लागि सुनसरीको झुम्का कारागार पठाइएको प्रहरीले जनाएको छ ।