सुनसरी बाट लागुऔषध सहित १ पक्राउ

सुनसरीको धरान उप–महानगरपालिका–११ बाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–११ का ४६ बर्षीय बिरु भुजेललाई स्पासपेन १ हजार ७ सय १६ ट्याबलेट, ट्रामोल २ हजार ७ सय ७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६ सय ७५ क्याप्सुल, नाईट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागुऔषध तथा नियन्त्रित औषधी र नगद १ लाख ६ हजार रुपैया सहित उनकै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।