फक्ताङमा आगलागीबाट एक घर जलेर नष्ट

ताप्लेजुङको फक्ताङमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङलुङ गाउँपालिका ४ ईखाबुमा आज (मङ्गलवार) मङ्गलबहादुर तामाङको घर जलेर नष्ट भएको हो ।

विद्युत् शर्ट भएर आगलागी भएको र घरमा रहेका अन्न, लत्ताकपडा लगायत जलेर नष्ट हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो धुरीबाट बल्न थालेकाले निभाउन नसकिएको स्थानीय रानी आधाभूत विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद खतिवडाले बताउनुभयो ।