भन्सार छली नेपाल भित्राउदै गरेको कपडाहरु बरामद

झापाको मेचीनगर नगरपालिका–६ र ७ स्थितबाट प्रहरीले अवैधरुपमा भन्सार छली गरी नेपाल भित्राउदै गरेको बिभिन्न प्रकारका कपडाहरु बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थितबाट करिव ३ लाख १० हजार मुल्य बरावरको कपडा र मेचीनगर–७ स्थितबाट करिव ३ लाख ५० हजार मुल्य बरावरको अवैध कपडाहरु बरामद गरेको हो ।
बरामद गरिएका कपडाहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।