उम्मेदवारी निष्क्रिय गर्ने बागीलाई कांग्रेसले माफी दिने

नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।
कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको बताएको थियो ।
यदि ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय बनाएमा कारबाही फुकुवा हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।