२४ घन्टामा देशभर ५१ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा देशभर ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
१ हजार ७८६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
७२५ जनाको पिसिआर र एक हजार ६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ६२२ जना सक्रिय संक्रमित छन् ।
२१ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।