आफ्नै आमा र काकाको हत्यामा संग्लग्न पक्राउ

झापा ।
आफ्नै आमा र काकाको हत्या गरेको आरोपमा कमल गाउपालिका २ का २० वर्षीय चन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार राती साँढे १० बजेको समयमा माझीले आफ्नै आमा ५० बर्षीया चन्द्रकला माझी र आफ्नै काका ५० बर्षिय सन्त बहादुर माझीलाई फलामको धारिलो हतियार वामफोकले प्रहार गरी हत्या गरेका थिए ।

माझीलाई पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।