कुटपिटबाट १ जनाको मृत्यु, घटनामा संग्लग्न ३ पक्राउ

सुनसरी ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का ७० बर्षीय खटर सवरियाको कुटपीटबाट मृत्यु भएको छ । कुटपिटमा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानिय ४५ बर्षिय प्रमिला मण्डल, ३३ बर्षिया गुडी मण्डल र २१ वर्षीय देवनन्दन मण्डल रहेका छन् । उनिहरुले सवरियालाइए शनिवार बिहान कुटपीट गरेको र सोही कारणले उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा सग्लग्न तीन जनालाई नै पक्राउ गरेको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।