१५ दिनमा एक करोडको तास आयात

भदौ महिनाको १५ दिनमै ६ लाख ७८ हजार बुक तास आयात भएको छ । १५ दिनकै बीचमा १ करोड ३ लाख रुपैयाँ बराबरको तास आयात भएको भन्सार विभागले जानकारी दिएको छ ।
यसबाट ७४ लाख ६४ हजार भन्सार राजस्व पनि संकलन भएको छ ।

सरकारले राजपत्रमार्फत १४ वैशाखमा तास आयातमा प्रतिवन्ध लगाएर १४ भदौमा प्रतिवन्ध खोलेको थियो ।
दशैंमा परिवार र साथिभाइले रमाइलो गर्न पनि धेरै खेलिने भएकाले तासको उच्च माग हुने गरेको छ ।