’ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव’ शुरु

हिमाली जिल्ला ताप्लेजुङमा ’ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव’ शुरु भएको छ । महोत्सवको पहिलो दिन सदरमुकाम फुङलिङ तोक्मडाँडाबाट सुरु भएको कलशयात्रा सिद्धिडाँडास्थित चण्डेश्वर धाम पुगेर टुङ्गिएको छ । [sp_wpcarousel id=”18322″]
पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको भीमकाली गुल्म महोत्सवको मुख्य आयोजक रहेका छन् ।
प्रदेश १ सरकारका उद्योग,श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगामले महोत्सवको पहिलो दिन कलशयात्राको कार्यक्रम उद्घाटन गर्नुभयो । महोत्सवलाई शान्तिको प्रतिक ठान्दै मन्त्री हाङ्गाम र नेपाली सेनाका सहायक जर्नेल कृष्ण भण्डारीले संयुक्त रुपम परेवा उडाउनुभयो । [sp_wpcarousel id=”18316″] महोत्सवकै अवसर पारेर यहाँ अन्तरपालिका स्तरीय मेयरकप रनिङ भलिबल प्रतियोगिता समेत हुँदैछ । यस्तै खाद्य परिकार महोत्सव, घरेलु, कृषि तथा औद्योगिक प्रर्दशनी, विभिन्न सांस्कृतिक कार्यक्रम समेत हुँदै छन् । [sp_wpcarousel id=”18310″]