नेपाली रुपैयाँ इतिहासकै कमजोर

डलरको मूल्य लगातार महँगिदा नेपाली रुपैयाँ झनै कमजोर बनेको छ । पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो । [sp_wpcarousel id=”18272″] गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार बढेर एक अमेरिकी डलरको विनिमय दर –बिक्री दर) १२९ रुपैयाँ ८९ पैसा पुगेको थियो । सोही दिन राष्ट्र बंैकले तोकेको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको थियो । [sp_wpcarousel id=”18269″] मंगलबार थप महँगिदा एक अमेरिकी डलरको विनिमय दर –बिक्रीदर) १३०.९० रुपैयाँ तोकेको राष्ट्र बैंकले जनाएको छ । यस्तै मंगलबारको लागि एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ, जुन डलरको विनिमय दर हालसम्मकै उच्च हो । [sp_wpcarousel id=”18262″]