करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी ।
सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको नेपाल बिद्युत प्राधिकरणको ग्रिड शाखामा कार्यरत बुढिगंगा गाउँपालिका–४ का ४१ बर्षीय महमत साबिर मियाको करेन्ट लागेर मृत्यु भएको छ ।[sp_wpcarousel id=”18336″] सोमवार बेलुका कार्यालय पेरिमिटर भित्र पानी चलाउने मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका मियालाई उपचारको लागी बिराट मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । [sp_wpcarousel id=”18329″]