फरार प्रतिवादी पक्राउ

बिराटनगर ।
अदालतबाट बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहदै आएका दुई जना फरार प्रतिवादीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । [sp_wpcarousel id=”18336″] [sp_wpcarousel id=”18346″] चोरी मुद्धामा जिल्ला अदालत मोरङको २०७८।१२।१० गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना २ दिन कैद र रु.५,०००÷– (पाँच हजार रुपैया) जरीवाना तोकिएका विराटनगर महानगरपालिका – १५ का ३१ बर्षीय रमेश भन्ने ओम प्रकाश साहलाई आज पक्राउ गरेको हो । [sp_wpcarousel id=”18322″] [sp_wpcarousel id=”18329″] यसैगरी लागु–औषध गाँजा मुद्धामा सुनसरी जिल्ला अदालतको मिति २०७८।०१।१४ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना २३ दिन कैद र रु.५,०००÷– (पाँच हजार रुपैया) तोकिएका धरान उप–महानगरपालिका – १६ का ३४ बर्षीय किरण धिमाललाई समेत आजै पक्राउ गरेको हो । [sp_wpcarousel id=”18310″] [sp_wpcarousel id=”18316″] पक्राउ परेका दुबै जनालाई सम्बन्धीत जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद सजाय भुक्तानको लागी जिल्ला कारागार पठाएको छ । [sp_wpcarousel id=”18262″]

[sp_wpcarousel id=”18269″]

[sp_wpcarousel id=”18272″]