विश्वविद्यालय जाने बाटो मर्मतको लागि उपभोक्ता समिति गठन

विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको नवौं दीक्षान्त समारोह गोठगाउँमा हुने भएपछि दीक्षान्त समारोह स्थलसम्म पुग्ने बाटो मर्मतको लागि उपभोक्ता समिति गठन भएको छ ।

दीक्षान्त समारोह हुने स्थलसम्म पूर्वपश्चिम राजमार्गबाट पुग्ने २ ओटा मुख्य बाटा रहेका छन् । लगभग ३ किलोमिटर लम्बाइका दुवै बाटो मर्मत गर्न एउटै उपभोक्ता समिति बनेको छ ।

वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाको अध्यक्षतामा भएको भेलाले लुबराज आचार्यको अध्यक्षतामा ९ सदस्यीय समिति बनेको हो । समितिको सचिवमा चन्द्रलाल ढकाल र कोषाध्यक्षमा ज्ञानु पोखरेल रहेका छन् ।

समितिको सदस्यमा शान्ति खड्का, रणबहादुर श्रेष्ठ, चुडाराज ढुङ्गाना, दुर्गा पौडेल, जंगबहादुर भट्टराई र इन्द्रमाया खड्का रहेका छन् ।
नगरपालिकाका प्राविधिकले लगत इस्टिमेट निकालेपछि तत्काल बाटो मर्मतको काम थालिने समितिले बताएको छ ।

भेलामा सुन्दरहरैंचाको वडा नम्बर ७ का अध्यक्ष चैतन्य सिटौला, ८ नम्बर वडाका अध्यक्ष खेम न्यौपाने, पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्य रोशन उप्रेती, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, वडा सदस्यलगायतको उपस्थिति थियो ।