सुन तोलामा ४ सय र चाँदी तोलामा ५ रुपैयाँ घट्यो

विराटचोकः आज सुन र चाँदीको मूल्य तल झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला ४ सय र चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेको हो । महासङ्घका अनुसार छापावाल सुन प्रति तोला ७१ हजार २ सय र तेजाबी सुन प्रति तोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।