‘बेलबारीका आदिवासी जनजाति पाइलाहरु’ सार्वजनिक

आदिवासी जनजातिका रहनसहन र परम्परा एवम् संस्कृतिहरुलाइ समेटेर तयार पारिएको पुस्तक “बेलबारीका आदिवासी जनजाति पाइलाहरु” सार्वजनिक गरिएको छ ।

आदिवासी जनजाति महासंघ बेलबारीले स्थापना २०६२ देखि २०७८ सालसम्म भए गरेका काम, गतिविधि तथा जातजातिका बिषयमा प्रकाशन गरेको पुस्तक सार्वजनिक गरिएको हो । [sp_wpcarousel id=”18336″] [sp_wpcarousel id=”18346″]
बेलबारी ३ स्थित नेपाल आदिवासी जनजाति सभाहलमा बिहीबार एक कार्यक्रम गरी सो पुस्तक सार्वजनिक गरिएको हो । बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राइ, पुर्व सांसदहरु हर्कमान तामाङ र मधु गुरुङ लगायतले स्मारिका सार्वजनिक गरेका थिए । स्मारिका सार्वजनिकीकरण कार्यक्रममा विभिन्न जातीय संघ संस्थाका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि, विभिन्न दलका प्रतिनिधि तथा संचारकर्मीहरुको उपस्थिति थियो ।

बेलबारी नगरपालिकाको सहयोगमा प्रकाशन भएको स्मारिका (पुस्तक) को प्रकाशक नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारी रहेको छ । ३ सय ४० पृष्ठ रहेको स्मारिकामा आदिवासी जनजातिका संस्कृति, विचार, अन्तरवार्ता, स्रष्टा र सृजना एवम् गतिविधि र तस्वीरहरु समेटिएका छन् । [sp_wpcarousel id=”18322″] [sp_wpcarousel id=”18329″] पुस्तकमा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समितिमा आवद्ध धिमाल जति बिकास केन्द्र, किरात याक्थुङ चुम्लुङ, तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद, किरात राइ यायोख्खा, नेपाल मगर संघ, नेवा देय: दबु, थारु कल्याणकारीणी सभा, नेपाल तामाङ घेदुङ संघ, माझी उत्थान सेवा समाज, खवास सेवा समाज, उराव झाँगड उत्थान समाज, भुजेल सेवा समाज, किरात याख्खा छुम्मा, किरात सुनुवार सेवा समाज, राजबंशी सेवा समाज, नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र, दनुवार जागरण र सन्थाल मुर्मू समाज परिषद गरी १८ वटा जातजातिका रहनसहन, परम्परा, रितिरिवाज र संस्कृतिमा आधारित सामग्री संग्रहित छन् ।

मनकुमार गुरुङ सम्पादक तथा प्रकाशन संयोजक रहेको पुस्तकको सम्पादन समितिमा भक्तशेर लिम्बु, खनेन्द्र कुमार राइ, ऋषि राइ र बबिता राइ छन् । पुस्तकको भाषा सम्पादन अतिथि सम्पादक इरान राइले गरेका छन् । १ हजार प्रति छापिएको पुस्तकको आवरण शिव छिछाङ्छा राइले बनाएका छन् ।

पुस्तकका सम्पादक मनकुमार गुरुङले कहिल्यै गल्ती गर्दिन भन्नेलाइ पुस्तक प्रकाशन गर्न दिने हो भने उसले पनि गल्ती गर्ने रहेछ भन्दै धेरै होशियारी अपनाउँदा अपनाउँदै पनि पुस्तकमा केही त्रुटि रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राइले बेलबारी नगरपालिकाले धिमाल लगायत चार भाषाका पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउने योजना गरिरहेको बताए । यस पुस्तकले आदिवासी जनजाति का धार्मिक, सांस्कृतिक, आर्थिक, भौगोलिक र सामाजिक पक्षलाई समेटेको उनले बताए । बिदेशी धर्म संस्कृति भित्र्याउन कृष्चियन धर्मको भेषमा देशी बिदेशी शक्ति लागेकोले त्यस्ता क्रियाकलाप रोक्नुपर्ने भन्दै उनले पैसाको लागि युवाहरूले कोरियन, जापानीज जस्ता बिदेशी भाषा सिक्नुपर्ने बाध्यता बिडम्बनापुर्ण भएको बताए । [sp_wpcarousel id=”18336″] [sp_wpcarousel id=”18346″] ‘बेलबारीका आदिवासी जनजाति पाइलाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले नेपालमा अझै आदिवासी जनजातिहरुले पुरा हक अधिकार नपाएको अबस्थामा यो पुस्तक आदिवासी जनजातिहरुको महत्त्वपूर्ण दस्तावेज भएको बताए ।