बेलबारी बहुउद्देश्यीय सहकारीको साधारणसभा सम्पन्न

रेखा गुरुङ । बेलबारी । बेलबारी बहुउद्देश्यीय सहकारीले २१ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार सहकारीले मोरङको बेलबारी नगरपालिका वडा नं ३ मा रहेको आफ्नै भवनको प्राङ्गणमा साधारण सभा सम्पन्न गरेको हो । [sp_wpcarousel id=”18262″]

साधारणसभामा संस्थाको संचालक समिति अध्यक्ष प्रताप कुमार थापाले बार्षिक प्रतिवेदन, आगामी बर्षको निति तथा कार्यक्रम र बार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समितिका संयोजक चुडामणी खतिवडाले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाले संचालक समितिको रिक्त सचिव पदमा लेखा सुपरिवेक्षण समिति सदस्य रहेका पुर्ण प्रसाद सिटौलालाइ चयन गरेको छ ।[sp_wpcarousel id=”18310″] [sp_wpcarousel id=”18316″] साधारणसभामा दैनिक बचततर्फ भिमनारायण श्रेष्ठ, अनिवार्य मासिक बचतमा थर्कमाया राई, स्वेच्छिक बचततर्फ टेकेन्द्र ढकाल र ऋणीतर्फ हरिमाया बुढाथोकीलाइ प्रसंसा पत्रद्वारा सम्मान गरिएको छ । त्यसैगरी बेलबारी १ का वडा सदस्य बाबुराम खड्का, बेलबारी २ की वडा सदस्य पार्वती बस्नेत, बेलबारी ३ का वडा अध्यक्ष योगेन्द प्रसाद सुवेदी, वडा सदस्य हिमादेवी बिश्वकर्मा, नगर प्रमुख दिलप्रसाद राइ र उपप्रमुख नितु थापालाइ पनि सम्मान गरिएको छ । [sp_wpcarousel id=”18322″] [sp_wpcarousel id=”18329″] संस्थाका अध्यक्ष प्रतापकुमार थापाको अध्यक्षता र बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राइको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा, बेलबारी नगरपालिकाका पुर्व मेयर ज्ञानेन्द्र सुवेदी, नेपाली कांग्रेसका नेता महेन्द्र सुवेदी लगायतको आतिथ्यता थियो । [sp_wpcarousel id=”18269″] [sp_wpcarousel id=”18272″]