तरुण गोल्डकपको फाइनल खेल भोली हुँदै, उपाधिका लागि बेलवारी २ र ८ भिँडने

पथरी / मोरङको बेलवारी १० स्थित भाउन्नेमा जारि प्रथम तरुण गोल्डकपको फाइनल खेल भोली शनिवार हुने भएको छ । नेपाल तरुण दल मोरङ क्षेत्र नं ३ को आयोजनामा सम्पन्न हुन लागेको उक्त प्रतियोगिताको उपाधिका लागि बेलबारी २ र बेलवारी ८ शनिवार आमनेसामने देखिने भएका हुन् ।

भाद्र २१ गतेदेखि जारि तरुण गोल्डकपमा क्षेत्र नं ३ का २६ वटा वडाले सहभागिता जनाएका थिए । जसमध्ये बेलवारी २ र ८ ले फाइनलको यात्रा तय गरेका हुन् । क्षेत्र नं ३ पथरीशनिश्चरेका ८, कानेपोखरी गाउँपालिकाका ४, बेलवारी नगरपालिकाका ८ र सुन्दरहरैचा नगरपालिकाका ६ वटा वडा रहेका छन् ।

प्रतियोतिाका विजेताले नगद २ लाख १ हजार का साथै ट्रफि प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १ लाख १ हजार का साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । फाइनल खेल दिउँसो २ बजे हुने आयोजकले बताएको छ ।