ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुरः हिजो साँझ साढे ७ बजे उदयपुरको ताप्ली गाउँपालिका वडा नम्बर ४ थानागाउँस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

ना ५ त न ६६०७ नम्बरको ट्याक्टरले पैदलयात्री ५१ वर्षीय स्थानीय होमबहादुर रानामगरलाई ठक्कर दिएको थियो । प्राथमिक स्वास्थ्य चौकी ताप्लीमा उपचारको क्रममा बेलुका पौने ९ बजे उनको मृत्यु भएको थियो । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार ट्याक्टर र चालक फरार भएकाले खोजी भइरहेको छ ।