नेप्सेमा सोमबार ३ बीमा कम्पनीको ४४ लाख ६ हजार कित्ता बोनस सूचीकृत

विराटचोकः नेपाल स्टक एक्सचेञ्जमा सोमबार ३ ओटा बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्सको २२ लाख ३१ हजार कित्ता बोनस सेयर सूचीकरण भएको छ ।
त्यसैगरी, नेको इन्स्योरेन्सको १४ लाख ११ हजार कित्ता बोनस सेयर र नेपाल इन्स्योरेन्सको पनि ७ लाख ६४ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।