शिक्षा सन्देश स्कुलको आयोजनामा कानुन सम्बन्धी बिचार गोष्ठी

बेलबारी । मोरङको बेलबारी २ स्थित शिक्षा सन्देश ईङ्लिश स्कुलले कानुन सम्बन्धी बिचार गोष्ठीको आयोजना गरेको छ । संबिधान दिबसका अबसरमा सोमबार स्कुलमा गोष्ठीको आयोजना भएको हो ।
गोष्ठीमा सहभागि विद्यार्थीहरुले कानुनको पुर्ण रुपमा पालना हुनुपर्ने र कानुनलाई सबैले मान्नुपर्नेमा जोड दिएका छन ।
कानुन बिषय अन्र्तगत कक्षा १२ मा अध्ययनरत दिक्षा कार्कीले बालबालिका र उनीहरुको अधिकारका लागि सम्बन्धित पक्षले खेल्नुपर्ने भुमिकाका बारेमा आफ्नो धारणा राखेकि थिइन ।
मदन श्रेष्ठले समग्र कानुनको बारेमा र बिशाल घिमिरेले बिद्युतिय अपराध ऐनका बारेमा आफना धारणा ब्यक्त गरेका थिए । कक्षा ११ मा अध्यायनरत बिद्यार्थीहरुले समेत आफना धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालत मोरंगका अधिबक्ता बालकृष्ण आचार्यले कानुनको पालना सबैले गर्नुपर्नेमा जोड दिए । प्रिन्सिपल राजेश खत्रीको सभापतित्वमा भएको कार्यक्रममा काउन्सिलर भुपाल बस्नेतले स्वागत मन्तब्य राखेका थिए । गोष्ठीमा बिद्यार्थी रिचन तिम्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।