लालिगुँराँस साकोसको रक्तदान कार्यक्रममा ६१ जनाले गरे रगत दान

बेलबारी । मोरङको बेलबारीमा रहेको लालिगुँराँस सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ६१ पिन्ट रगत संकलन भएको छ ।
सहकारीले आफ्नो २८ औ साधारण सभाको अवसर पारेर गरेको रक्तदान कार्यक्रममा ६१ जनाले रगत दान गरेका हुन ।
बेलबारी १ मा रहेको मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा भएको कार्यक्रमलाई मोरङ रेडक्रसले प्राविधिक सहयोग गरेको थियो ।
बेलबारी नगर प्रमुख डिपि राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सहकारीका अध्यक्ष दुर्गा गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।