डा.सुनिल शर्माले गर्दिए मुटुरोगी चौधरीको निःशुल्क उपचार

विराटनगर। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिलशर्माले मोरङको पथरीशनिश्चरे–८ सोमवारेका बृद्ध कालिचरण चौधरीको मुटुको उपचार निःशुल्क गराइदिएका छन् । बिपन्न परिवारका ७२ बर्षीय चौधरीलाई नोबेल अस्पतालमा निःशुल्कउपचार गरिएको हो ।
स्वास्थ्यमासमस्याबढेपछि चौधरी परिवारले कालिचरणलाई नोबेल अस्पताल ल्याएकाथिए । नोबेलमा परीक्षण गर्दा उनको मुटुमा ‘पेसमेकर’ राख्नुपर्ने देखियो । डाक्टरले पेसमेकर राख्नकालागितयारी गर्न सुझावदिए । तर, दयनीयआर्थिक अवस्थाको चौधरी परिवारसँग उपचारका लागिखर्च गर्ने पैसाथिएन । कालिचरणका छोरा बैदेशिक रोगजारीकालागिभर्खरै दुवई गएका छन्, विदेश जाँदालागेको ऋण पनितिरिसकेका छैनन् । घर बनाउँने काममाज्यालादारी मजदुरी गरेर बुहारीले घर धान्दै आएकी छन् ।चौधरी परिवारसँग घर भएको १० धुर जग्गाबाहेकअन्य सम्पत्ति छैन । पैसानभएका कारण उपचार कसरी गराउँने भन्ने समस्याले उनीहरुलाई पिरोलेको थियो ।
डा.शर्माले चौधरी परिवारको अवस्थाथाहा पाएपछि निःशुल्कउपचारको व्यवस्थामिलाइदिएकाहुन् ।विपन्ननागरिक औषधिउपचार कोषबाट पनिउपचारमासहुलियतप्राप्तभयो । बाँकीसम्पूर्ण उपचार खर्च डाक्टर शर्माले निःशुल्क गराइदिएकाहुन् ।
पैसा अभावमाउपचार गर्न नसकिरहेका बेला डा.शर्माले उपचारमा सहयोग गरेको भन्दै विरामीकालिचरणकी बुहारीगुञ्जाचौधरीले खुशीव्यक्तगरिन् । ‘पैसा नभएर उपचारमा समस्याभइरहेका बेला सुनिल सरले सबै उपचार खर्च निःशुल्क गरेर ठूलो गुनलगाउँनु भयो,’चौधरीले भनिन् ।उपचारकाक्रममाकरिब १ हप्ताको अस्पताल बसाईपछि चौधरी अहिले डिस्चार्ज भएर घर फर्किएका छन् । अहिले उनको स्वास्थ्यअवस्था समान्य रहेको परिवार स्रोतले जनाएको छ ।
डा.शर्माले यसअघि पनिगरिब तथाबिपन्नहजारौं विरामीलाई निःशुल्कउपचार गराइसकेका छन् । अरुको दुखमा साथदिदै आएका डा.शर्माले सडकमा भेटिने वेवारिसे विरामीहरुलाई पनि नोबेल अस्पताल ल्याई उपचार गराउँने गरेका छन् । उनले कतिपयविपन्नविरामीलाई आर्थिक सहयोग पनि गरेका छन् । समाजसेवाका क्षेत्रमा बेग्लै पहिचानबनाएका डा.शर्मालाई नेपालीकांग्रेस मोरङक्षेत्र नं.३ ले प्रतिनिधि सभानिर्वाचनमाउम्मेद्वार बनाउँनसिफारिस पनिगरेको छ ।