मोरङको पथरीशनिश्चरे र बेलबारीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आइतवार मोरङको पथरीशनिश्चरे र बेलबारी नगरपालिकामानिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । नेपालीकांग्रेसका नेतासमेत रहेका नोबेल अस्पताल सञ्चालक डा.सुनिलशर्माले बिपन्नविरामीलाई लक्षितगर्दै पथरीशनिश्चरे वडा नं.२, ३ र बेलबारी वडा नं.४ माशिविर सञ्चालन गराएकाहुन् ।
तीन वटा शिविरबाट एकैदिन ९ सय १० जनाविरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । पथरीशनिश्चरे वडा नं.३ मासञ्चालितशिविरमा ३४२ जनाविरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा नोबेलका स्त्रीरोग बिशेषज्ञ प्रा.डा.शान्ति सुवेदी नेतृत्वको टोलीले विरामीको जाँच गरेको हो । त्यहाँ ८९ जनाको इसीजी, १०५ जनाको रक्त परीक्षण र ९३ जनाको भिडियो एक्सरे गरिएको छ ।दाँतमा समस्याभएका २२ जनाको दाँतउखेलिएको छ भने थपउपचार गर्नुपर्ने ३१ जनालाई नोबेल अस्पताल रेफर गरिएको छ ।
त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षितगर्दै पथरीशनिश्चरे–२ माशिविर सञ्चालनगरिएको हो । शिविरमाउपचारका लागि १५१ जनाविरामीआएकाथिए । जसमध्ये ९२ जनाको मुटुको जाँचइको गरिएको छ । नोबेलका मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपालनेतृत्वको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो ।शिविरबाट ४२ जनालाई थपउपचारका लागि अस्पताल पठाइएको छ ।
यता, नोबेलका छाती तथाफोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग बिशेषज्ञ प्रा.डा.सिता घिमिरे नेतृत्वको टोलीले बेलबारी–४ माआयोजितशिविरमाविरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उपचारका लागि ४१७जनाविरामीआएको सो शिविरमा १०४ जनाको इसीजी, ११३ जनाको ल्याबटेष्ट, १०१ जनाको भिडियो एक्सरे गर्नुका साथै १९ जनाको दाँतउखेलिएको छ । त्यहाँउपचार हुननसकेका ३५ जनालाई अस्पताल रेफर गरिएको छ ।
तीन वटै शिविरबाट थपउपचारका लागि१०९ जनाविरामी अस्पताल रेफर भएकाहुन् । उनीहरुलाई नोबेल अस्पताल सञ्चालक डा.शर्माले अस्पतालकै गाडीमा ल्याएर उपचार गरी घर पुर्याउने व्यवस्थामिलाइदिएका छन् । डा.शर्माले विपन्नविरामीलाई लक्षित गरेर बर्षौ अघिदेखि सो क्षेत्रमानियमितनिःशुल्क स्वास्थ्यशिविर सञ्चालन गराउँदै आएका छन् ।
शिविरबाट ठूलो राहतमिलेको सो क्षेत्रका सर्वसाधरण बताउँछन् ।नेपालीकांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्मा समाजसेवाका क्षेत्रमा सक्रिय छन् । समाजसेवीव्यक्तिको पहिचानबनाएका डा.शर्मालाई नेपालीकांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्नप्रतिनिधि सभानिर्वाचनकालागिउम्मेद्वार बनाउँन सर्वसम्मतसिफारिससमेत गरेको छ ।