बाल दिवसः बेलबारीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बाल दिवसको अवसरमा मोरङको बेलबारीमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बुधबार बेलबारी एनप्याप्सन बेलबारीको आयोजनामा मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा आधारभुत तहतर्फ मोरङ ज्ञानोदय बेलबारी ११ का प्रमोस पोखरेल प्रथम, डेल्टा इङ्लिस स्कुल बेलबारी ४ का मिलन पौडेल दोस्रो, गुरुकुल पाठशाला बेलबारी ३ कि उपासना पौडेल तेस्रो र भानु मेमेरियल बेलबारी १ कि कृपा सुवेदी सान्त्वना भएका थिए ।
माध्यमिक तहतर्फ शिक्षा सन्देश बेलबारी २ कि दिक्षा कार्की प्रथम, गुरुकुल पाठशाला बेलबारी ३ कि रोजिना बस्नेत दोस्रो, माउन्ट एभरेष्ट बेलबारी ११ कि अमिसा राउत तेस्रो भएका थिए ।
बिजेताहरुलाई मेडल, ट्रफि र प्रमाणपत्रले पुरस्किृत गरिएको एन प्याप्सन मोरङ जिल्ला सदस्य दिपेन्द्र खुलालले जानकारी दिएका छन ।
बालमैत्री समाजको आधार, जिम्मेवार परविार, उत्तरदायी सरकार भन्ने मूल नाराका साथ बाल दिवसको अवसरमा बेलबारी नगरभित्रका समुदायिक तथा संस्थागत विद्यालयहरुका बिच भएको नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा आधारभुत तहबाट ८ जना र माध्यमिक तहबाट १२ जनाले भाग लिएका थिए ।