भानु मेमोरियल सार्बजनिक शैक्षिक गूठीका बिद्यार्थी र भानु मेमोरियल स्टुडेन्ट एलायन्सले मनाए बाल दिवस

बाल दिवसका अबसरमा भानु मेमोरियल ई. स्कुल “सार्बजनिक शैक्षिक गूठी”का बिद्यार्थी र भानु मेमोरियल स्टुडेन्ट एलायन्स को संयुक्त प्रयासमा “समाजमा रहेपछी सामाजिक जिम्मेवारी” भन्ने मुल नारालाई आत्मसात गर्दै बिद्यार्थीहरुको इच्छा अनुरुप बेलबारी-२ (लालभित्ती) मा अवस्थित दृस्टीबिहिनहरुको होस्टेल मै पुगेर खानपिन र फलफुलको ब्यवस्थापन सहित स्कुल परिसरमा बृक्षरोपण र खेलकुद आयोजना गरि आसपास को क्षेत्रमा सरसफाइ गरि जनचेतनाको लागि र्याली कार्यक्रम सम्पन्न गरि बाल दिवस मनाइएको भानु मेमोरियल स्टुडेन्ट एलायन्स का सचिब तथा शिक्षक सन्जिब कटुवालले जानकारी दिएका छन ।