लक्ष्मी मा.वि. बेलबारीले मनायो ५८ औं राष्ट्रिय बाल दिवस


मोरंगको बेलाबारी नगरपालिका वडा नम्बर-११ मा रहेको लक्ष्मी मा.वि. ले बिबिध कार्यक्रमहरु आयोजना गर्दै ‘बालमैत्री समाजको आधार,जिम्मेवार परिवार उत्तरदायी सरकार’ भन्ने मुल नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस भव्यताका साथ मनाएको छ। पहिलो चरणको कार्यक्रम स्वरुप बिद्यालयले ब्यबस्थापन समितिका अध्यक्ष गर्बराज राईको सभापतित्त्व तथा बेलबारी नगरपालिका वडा नम्बर-११ का वडा अध्यक्ष बिक्रम राईको प्रमुख आतिथ्यतामा तोया लक्ष्मी राई छात्रा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रममा 3.07 GPA सहित कक्षा १२ उत्तीर्ण पुनम न्यौपाने र 3.70 GPA सहित SEE उत्तीर्ण बिनिता देवि घिमिरेले जनही रु ५००० छात्रवृति प्राप्त गरेका छन।उक्त कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक तुलसीराम खरेलले स्वगात मन्तब्य राखेका थिए भने निबर्तमान प्रधानाध्यापक गोबिन्द भण्डारीले अक्षय कोषको स्थापनाको पृष्ठभुमि र अक्षयकोषको औचित्य माथि प्रस्ट पारेका थिए।अक्षयकोषका संस्थापक धर्मराज राईले अक्षयकोष स्थापनाको बारेमा प्रष्ट्याईएको उक्त कार्यक्रम त्यसै बिद्यालयका शिक्षक भुवन कार्कीले संचालन गरेका थिए

दोस्रो चरणको कार्यक्रम स्वरुप `हाम्रो चोक,राम्रो चोक´ भन्ने बेलबारी नगरपालिका शिक्षा शाखाले तय गरेको नाराका साथ लक्ष्मी मा.वि.को प्रवेश द्वार देखि सुम्निमा चोक सम्मको सडकको दायाँबायाँ सरसफाइ गर्ने कार्य बिद्यार्थि तथा शिक्षकहरुको ब्यापक सहभागीतामा सम्पन्न गरिएको थियो।उक्त जनचेतनामुलक सरसफाई कार्यक्रम पश्चात विद्यालयले सुम्निमा चोकमा ‘हाम्रो चोक,राम्रो चोक’ लेखिएको चेतना मुलक ब्यानर समेत राखेको थियो।

त्यसैगरी तेस्रो कार्यक्रमका रुपमा बिद्यालयमा रहेको लक्ष्मी बाल क्लब द्वारा कक्षा ६ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको सहभागितामा७ वटा समूहहरुका बीच हाजिरीजबाफ प्रतियोगिता संचालन गरिएको थियो। उक्त हाजिरिजबाफ प्रतियोगितामा युनिक ढकाल,बेदनाथ खत्री,ममता बस्नेत र अशिम लिम्बुको समूह प्रथम प्रेसुस चौहान,स्मृति खत्री,अविन राई र सरोज तामांगको समूह द्वितीय र सुबिक कठेत,लोकनाथ फुयाल,सुमित्रा खड्का र कबिन आचार्यको समूह तृतीय भएका थिए। बाल क्लबकि उपाध्यक्ष सिवानी न्यौपानेको सभापतित्त्व तथा बिद्यालयका प्रधानाध्यापक तुलसीराम खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम कक्षा ९ मा अध्ययनरत बिध्यार्थिहरु प्रशन्ना दाहाल र आदर्श निरौलाले संयुक्त रुपमा संचालन गरेका थिए।विद्यालयले बाल दिवसका अबसरमा संचालित उक्त कार्यक्रमहरु लक्ष्मी बाल क्लबका संरक्षक शिक्षक राजेन्द्र भण्डारी तथा अतिरिक्त क्रियाकलाप समितिका संयोजक नवराज दाहालको संयुक्त संयोजनमा सम्पन्न भएको कुरा बिद्यालयका सहायक प्रधानाध्यापक राजेश बस्नेतले बताए।