बेलबारीका निर्माणकर्मीहरुका लागि भुकम्प प्रतिरोधी भवन निर्माण तालिम सुरु

बेलबारी । मोरङको बेलबारीका निर्माणकर्मीहरुका लागि भुकम्प प्रतिरोधी भवन निर्माण तालिम सुरु भएको छ । बेलबारी नगरपलिकाको सभाहलमा बुधबारबाट सुरु भएको तालिम बिहिबार सम्म चल्ने छ ।
बेलबारी नगरपलिका भुमी व्यवस्थापन तथा, नियमन शाखाको आयोजनामा भएको तालिममा बेलबारी नगरभित्रका ७० जना निर्माणकर्मीहरुको सहभागिता रहेको छ ।
नक्सा पास, भुकम्प प्रतिरोधी भवन निर्माण गर्दा अपनाउनुपर्न मापदण्डहरुको बारेमा सैधान्तिक ज्ञानको बिषयमा निर्माणकर्मीहरुलाई तालिम दिइने नगरपालिकाका इन्जिनियर बिरेन्द्र गिरिले जानकारी दिए । बिहिबार हुने तालिमको समापनमा सहभागिहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराइने गिरिले बताए ।